सहायक विदेशमन्त्री लुको भ्रमण नियमित : अमेरिकी राजदूतावास

सहायक विदेशमन्त्री लुको भ्रमण नियमित : अमेरिकी राजदूतावास


नेपालस्थित अमेरिकी राजदूतावासले दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुको आजदेखि सुरू हुन लागेको नेपाल भ्रमण नियमित भएको जनाएको छ ।

सहायक विदेशमन्त्री लु काठमाडौं आइपुग्नु केही समयअघि मात्रै दूतावासले एक विज्ञप्ति जारी गरेर भ्रमणको विषयमा जानकारी गराएको हो ।
उक्त कम्पनीले परम्परागत रूपमा सीमान्तकृत व्यक्तिहरू र शोषणबाट बचेकाहरूको सशक्तीकरण गर्दै नीतिपरक उत्पादनको प्रवर्द्धन गरिरहेको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

दूतावासले भ्रमणका क्रममा सहायक मन्त्री लुले व्यापार, नागरिक समाज र सरकारका नेतृत्वकर्तासँग पनि भेटघाट गर्ने जनाइएको छ। भ्रमणका विषयमा अहिलेसम्म यहाँको परराष्ट्र मन्त्रालयले भने कुनै जानकारी दिएको छैन ।

सहायक विदेशमन्त्री लु यसअघि गत वर्षको १ मंसिरमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई सदनबाट पारित गराउने विषयलाई लिएर आएका थिए ।

Logo