आवश्यकता र औचित्य रहँदासम्म निर्वाचनपछि पनि गठबन्धन कायम रहन्छ : अध्यक्ष दाहाल

आवश्यकता र औचित्य रहँदासम्म निर्वाचनपछि पनि गठबन्धन कायम रहन्छ : अध्यक्ष दाहाल


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन् । शुक्रवार प्रेस सेन्टर नेपालको केन्द्रिय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले तत्काल समाजवादी केन्द्र नबन्ने स्पष्ट पारेका हुन् । उनले समाजवादी केन्द्र बनाइहाल्नका लागि आफूहरुले छलफल नगरेको उल्लेख गरे  ।

अध्यक्ष दाहालले चुनावी मोर्चा बनाउने र पार्टी एकता संयोजन समिति बनाएर एउटै घोषणा पत्र बनाउने विषयमा छलफल चलेको बताए । अध्यक्ष दाहालले वर्तमान सत्तारुढ गठबन्धन प्रदेश र संघको निर्वाचनसम्म कायम रहने स्पष्ट पारे ।  

गठबन्धनको आवश्यकता र औचित्य रहँदासम्म निर्वाचनपछि पनि गठबन्धन कायम रहने उनको भनाइ छ । अध्यक्ष दाहालले माओवादी आन्दोलन नै आजको राजनीतिको मुलधार भएको जिकिर गरे । 
 
 

Skip This
Logo