कमलरीहरुको पुनर्स्थापनामा सरकारले ध्यान दिनुपर्नेमा राष्ट्रिय मानवअधिकार आयोगको जोड

कमलरीहरुको पुनर्स्थापनामा सरकारले ध्यान दिनुपर्नेमा राष्ट्रिय मानवअधिकार आयोगको जोड


राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले हरुवाचरुवा र कमलरीहरुको पुनर्स्थापनामा सरकारले ध्यान दिनुपर्ने बताएका छन ।

सोमवार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को ३० औँ प्रकाश स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष मगरले हरुवाचरुवा र कमलरीहरुको पुनस्र्थापना अझैपनि हुन नसकेको बताएका हुन । उहाँले पश्चिममा हलियाहरुको मुक्ति भएपनि पूर्वतिर हरुवा चरुवाहरुको मुक्ति अझै हुन नसकेको उल्लेख गरे । त्यसैगरी कमलरीहरुलाई मुक्त गरेर सरकारले १२ कक्षासम्म अध्यापन गराएपनि त्यसपछि कमलरीहरु आफैँ पुनस्र्थापना हुन नसकेको बताए । अध्यक्ष मगरले हरुवाचरुवा र कमलरीहरुको पुनस्र्थापनाका निम्ति सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त सुशील प्याकुरेलले संविधान र कानूनले दिएको मानव अधिकार कार्यान्वयन हुन नसकेको बताए । उनले कानूनले दिएको अधिकार कार्यान्वयन नगराउनु झनै मानव अधिकारको हनन भएको बताए ।  

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदायमाथि मानव अधिकार हननका घटना बढिरहेको बताए । उनले उत्पीडनमा परेका मानिसहरुको मानव अधिकार संरक्षण गर्ने विषय चुनौतीको रुपमा रहेको उल्लेख गरे ।

 

Logo