उपेन्द्र यादवले जितेको क्षेत्रबाट सीके राउत निर्वाचन लड्ने

उपेन्द्र यादवले जितेको क्षेत्रबाट सीके राउत निर्वाचन लड्ने


जनमत पार्टीका अध्यक्ष सीके राउत सप्तरी–२ बाट निर्वाचन लड्ने भएका छन् ।

यसअघि यो क्षेत्रबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जितेका थिए । जनमत पार्टीका प्रवक्ता चन्दन सिंहका अनुसार राउतको घर पनि यही क्षेत्रमा पर्छ ।

गत स्थानीय निर्वाचनमा राउतको घर रहेको वडा महादेवा गाउँपालिका–२ मा जनमत पार्टीले वडाध्यक्षसहित प्यानलै जितेको थियो ।

सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिका र बलानबिहुल गाउँपालिकाका प्रमुख पदमा जनमत पार्टीले जितेको छ । मधेस आन्दोलनको केन्द्र भएकाले राउतले यही क्षेत्र रोजेको प्रवक्ता सिंहले जानकारी दिए ।

Logo