लोसपाले बोलायो कार्यकारिणी समितिको बैठक

लोसपाले बोलायो कार्यकारिणी समितिको बैठक


लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा ) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ  । लोसपाले वर्तमान सरकारमा सहभागी हुने र पाँच दलीय गठबन्धनसँग चुनावी तालमेल गर्ने मनस्थिति बनाएको छ ।

तर मंसिर ४ का लागि चुनावको मिति घोषणा भएकाले सरकारमा सहभागिताको ‘च्याप्टर क्लोज’ भएको छ । एक नेताका अनुसार सोमबारका लागि कार्यकारिणी समितिको बैठक बोलाइएको छ ।

बैठकमा चुनावी गठबन्धन, संगठन विस्तार लगायतका विषयमा छलफल हुनेछ । त्यसअघि आइतबार संसदीय दलको बैठक बस्नेछ  । अगामी निर्वाचनमा चुनावी तालमेल गरेर नै जाने लोसपाले निर्णय गरिसकेको छ । तर कुन दलसँग तालमेल गर्ने अझै निर्णय गरिसकेको छैन । 

Logo