राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सक्नुपर्नेमा अध्यक्ष तिमिल्सिनाको जोड

राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सक्नुपर्नेमा अध्यक्ष तिमिल्सिनाको जोड


राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सक्नुपर्नेमा जोड दिएका छन् । बुधवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमै नसकिँदा लाभ लिनबाट वञ्चित हुनुपरेको बताए ।

अध्यक्ष तिमिल्सिनाले मेलम्ची आयोजनाको काम अहिलेसम्म नसकिँदा पानीको कारणले कति स्वास्थ्यलाभ गर्ने अवसरबाट वञ्चित हुनुपरेको उल्लेख गरे । अध्यक्ष तिमिल्सिनाले आयोजना ढिलो हुँदा लागत बढ्दै गएको र सरकारले यति ठूला आयोजनाको लागत बढ्दै जाँदा धान्न मुस्किल हुने भन्दै कामहरु समयमै सक्नुपर्ने जनाए ।

सरकारले योजना गर्दा व्यवहारिक गर्न नसकेको भन्दै उनले त्यसलाई सच्याएर अघि बढ्न आवश्यक रहेको औंल्याए । अध्यक्ष तिमिल्सिनाले समयमै योजनाहरुको काम सकिएको छ वा छैन भन्ने बारेमा  निगरानी बढाउन समितिलाई सुझाव दिए ।  

Logo