कांग्रेसलाई पहिलो दल बनाउने गरी काममा ध्यान दिन कार्यकर्ताहरुलाई प्रधानमन्त्रीको निर्देशन

कांग्रेसलाई पहिलो दल बनाउने गरी काममा ध्यान दिन कार्यकर्ताहरुलाई प्रधानमन्त्रीको निर्देशन


प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीलाई सबैभन्दा ठूलो पार्टी बनाउने काममा ध्यान दिन सिंगो पार्टी पंक्तिलाई आह्वान गरेका छन । 

प्रधानमन्त्री देउवाले आगामी निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न र नेपाली काँग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउन पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । काँग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिन ललितपुरको हेरिटेज गार्डेनमा सोमबारबाट सुरु भएको कार्यक्रममा बोल्दै उनले सो निर्वाचनमा पार्टीको पक्षमा जनताको समर्थन जुटाउने काममा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । लोकतन्त्रमा जनताभन्दा ठूलो अरु कोही नहुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा पनि जनताको साथ र समर्थन लिएर आफ्नो पार्टी विजयी हुने विश्वास समेत व्यक्त गरे ।

उनले सत्तारुढ गठबन्धन मिलेर निर्वाचनमा गएकाले स्थानीय तह निर्वाचनमा पार्टीले सफलता हात परेको स्पष्ट पार्दै प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि सत्तारुढ गठबन्धनले मिलेर चुनाव लड्ने तयारी गरिरहेको बताए ।

Logo