चुनावी खर्च विवरण नबुझाउने स्थानीय तहका उम्मेदवारलाई आयोगले थाल्यो कारबाही

चुनावी खर्च विवरण नबुझाउने स्थानीय तहका उम्मेदवारलाई आयोगले थाल्यो कारबाही


निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर खर्च विवरण नबुझाउने उम्मेदवारहरूलाई कारबाहीको प्रक्रिया सुरु गरेको छ । आयोगले विज्ञप्ति जारी गर्दै  १ लाख २३ हजार ७ सय ८३ उम्मेदवारलाई कारबाही प्रक्रिया सुरु भएको जनाएको हो । आयोगले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार स्थानीय तह निर्वाचनमा गरेको खर्च नबुझाउने र तोकिएको समयभन्दा ढिलो बुझाउने उम्मेदवारलाई कारबाही हुनेछ ।  तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाएकोमा तपाईँहरूलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ बमोजिम किन कारबाही हुनु नपर्ने हो ? भनी आफ्नो सफाई सहितको स्पष्टीकरण ७  दिनभित्र सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा पेस गर्न आयोगले आदेश दिएको छ, विज्ञप्तिमा भनिएको छ  । चुनावमा गरेको खर्चको विवरण आयोगले तोकेको ढाँचामा निर्वाचन परिणाम घोषणा भएको तीस दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनु पर्ने कानुनी व्यवस्था छ ।

Logo