प्रदीप गिरिको शोकमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

प्रदीप गिरिको शोकमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने


नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनको शोकमा कांग्रेसले तीनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ । 

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबार पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बसेको आकस्मिक बैठकले यो निर्णय लिएको हो।

भोलि सोमबार केन्द्र र मातहतका सबै कार्यालय बन्द हुनेछ भने, १३ दिनसम्म कार्यालयहरुमा शोक पुस्तिका राख्ने कांग्रेसले जनाएको छ । 

१६ गते केन्द्र र सबै जिल्लामा शोक सभा गर्ने कांग्रेसको निर्णय छ । कांग्रेस सांसद गिरीको शनिबार राति ७५ वर्षको उमेरमा निधन भएको थियो । बैठकले गिरीको निधनमा शोक प्रस्तावसमेत पारित गरेको छ । 

समाजवादी चिन्तक गिरीको ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति ९.३० बजे निधन भएको हो ।
 

Logo