काठमाडौं

दशैं मनाउन साँढे १५ लाख यात्रु काठमाडौँ उपत्यका बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार विहिबार बेलुका सम्म १५ लाख ४५ हजार ४ सय २३ जना यात्रुहरु दशैंका लागि बाहिरिएका हुन् । "/>

दशैं मनाउन साँढे १५ लाख यात्रीले राजधानी छोडे

दशैं मनाउन साँढे १५ लाख यात्रीले राजधानी छोडे


काठमाडौं

दशैं मनाउन साँढे १५ लाख यात्रु काठमाडौँ उपत्यका बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार विहिबार बेलुका सम्म १५ लाख ४५ हजार ४ सय २३ जना यात्रुहरु दशैंका लागि बाहिरिएका हुन् ।

महाशाखाका प्रमुख बसन्त पन्तका अनुसार १ लाख ७१ हजार २ सय २ वटा सवारी साधन मार्फत ती यात्रुहरु उपत्यकाबाट बाहिरिएका हुन् । यो तथ्यांक ५ असोज देखिको हो । सोही दिन सरकारले दशैंका लागि टिकटको अग्रिम बुकिङ खोलेको थियो । प्रमुख पन्तले नेपालका विभिन्न क्षेत्रमा दशैं तिहार तथा छठ पर्व मनाउन ठूलो संख्यामा मानिस बाहिरीने गरेका छन् ।

यातायात व्यवस्था विभागका अनुसार गत वर्ष २४ लाख भन्दा बढी यात्रुहरु दशैंका लागि बाहिरिएका थिए । तर यस वर्ष भने दशैंका लागि बाहिरिने यात्रु घटेको विभागका प्रवक्ता गोकर्ण उपाध्याले बताए । यो वर्ष २० लाख ननाघ्ने प्रवक्ता उपाध्यायको भनाई छ । विभागले गत बुधबारदेखि मुलुकै भरी रुट परमिट खुल्ला गरेको छ । विभागका अनुसार टिकटमा कालोबजारी रोक्न तथा सर्वसाधारणको यात्रा सफल पार्न मुलुकैभरी रुट परमिट खुल्ला गरिएको हो । मुलकभरी रुट परमिट खुल्ला भएपछि उपत्यका भित्र चल्ने साना तथा ठूला सवारी पनि उपत्यका बाहिर जान पाउने विभागले जनाएको छ ।

त्यति मात्रै होइन विभागले सर्वसाधारणको सहज यात्राका लागि नारायणघाट तथा काठमाडौँ सडक खण्डमा ठुला मालबाहक सवारी निषेध गरेको छ । सो सडक खण्डमा १६ र १८ चक्के मालवाहक गाडीहरुलाई निषेध गरिएको हो । त्यस्ता मालबाहक गाडीहरु २४ देखि ३१ असोज सम्मका लागि चितवनको नारायणघाटमै रोकिने विभागले जनाएको छ ।
राजधानीबाट

Logo