काठमाडौं,२८,कात्तिक
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पोस्टर, ब्यानर, तुल, झन्डा, ब्याच, क्याप, टी–सर्ट लगायत विभिन्न प्रचार सामग्रीमा आचारसंहिता अनुरूप नीति बनाएरै मार्गनिर्देश गरे पनि त्यस्ता सामग्रीको उत्पादनको बजार भने ह्वात्तै बढेको छ । "/>

निषेधित प्रचार सामग्रीको माग अत्याधिक

निषेधित प्रचार सामग्रीको माग अत्याधिक


काठमाडौं,२८,कात्तिक
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पोस्टर, ब्यानर, तुल, झन्डा, ब्याच, क्याप, टी–सर्ट लगायत विभिन्न प्रचार सामग्रीमा आचारसंहिता अनुरूप नीति बनाएरै मार्गनिर्देश गरे पनि त्यस्ता सामग्रीको उत्पादनको बजार भने ह्वात्तै बढेको छ । सहरका भित्ता, खम्बा, सामाजिक सञ्जाल लगायतमा विभिन्न राजनीतिक दलका पोस्टर, ब्यानर, तुल, झन्डा लगायतका प्रचार सामग्री जताततै देख्न पाइन्छ । यस्ता प्रचार सामग्रीको व्यापारसँग जोडिएका व्यापारी समेत चुनावको मिति नजिकिएसँगै झन्डा, ब्यानर लगायतका चुनाव प्रचार सामग्रीको माग अत्याधिक बढेको बताउँछन् ।

निर्वाचन आयोगले यस्ता प्रचार सामग्रीको प्रयोगलाई निर्वाचन आचारसंहिता उल्लङ्घन अन्तर्गत मार्गनिर्देश गरे पनि सो को प्रयोग किन आचारसंहिता अनुरूप हुन सकेनन् भन्ने जिज्ञासामा निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले पोस्टर, ब्यानर, तुल लगायतको प्रयोग गरेका राजनीतिक दल र उम्मेदवारलाई आयोगले नियमानुसार कारबाही गरिरहेको बताए । चुनावको मिति नजिकिएसँगै तुल, ब्यानर, पोस्टर र झन्डाको माग अत्याधिक बढेको व्यापारीहरू बताउँछन् । मुख्य रूपले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को तर्फबाट पार्टीको झन्डा बनाउन बढी ‘अर्डर’ आउने गरेको व्यापारीहरूको भनाइ छ ।
गोरखापत्रबाट

Logo