तिहार विशेष : सयपत्रीले ढकमक्क इचंगुनारायण (फोटोफिचर)

तिहार विशेष : सयपत्रीले ढकमक्क इचंगुनारायण (फोटोफिचर)


काठमाडौं ।

फूलैफूलको पर्व तिहार आउन अब हप्ता दिन पनि बाँकी छैन । दसैं सकिएपछि घर–घरमा ढकमक्क फूलेको सयपत्री र मखमलीले तिहारको निम्तो दिन थालेझैं देखिन्छ । यतिबेला सयपत्री फूलले काठमाडौंको इचंगुनारायण क्षेत्र रहर लाग्दो बनाइदिएको छ । यस वर्ष तिहार ढिलो गरी आउँदा सयपत्री फूल सुक्न समेत थालेको छ ।

तिहारलाई लक्षित गरेर काठमाडौंको इचंगुनारायण क्षेत्रमा व्यवसायीक फूलको खेती हुने गरेको छ । हिजोआज यहाँका किसान फूल र माला बनाउन ब्यस्त छन् । काठमाडौं नजिकै रहेको इचंगुनारायण क्षेत्रमा लगाइएको सयपत्री फूलको दृश्य हो, यो । यतिबेला यहाँका पाखैभरी पहेंला फूलको दृश्य देख्न सकिन्छ ।

बिशेषगरी तिहारमा बढि प्रयोग हुने सयपत्री फूल इचंगुनारायण क्षेत्रका किसानले व्यवसायिक रुपमा खेती गरेको वर्षौ भयो । फूल खेती गर्ने किसान यतिबेला फूलबारीमा मात्रै भेटिने गरेका छन् ।

जिविकोपार्जनको प्रमुख आधार बनेको फूल खेती यहाँको नगदेबाली हो । अन्य बालीको तुलनामा यहाँका किसानले दोब्बर आम्दानी फूलखेतीबाटै गर्ने गर्छन् । तर, यस वर्ष भने कोरोनाका कारण किसानहरु फूल खेती घटाएको बताउँछन् ।

 

तस्वीरहरु : सृजना राई

Logo