कच्चा तेलको मूल्यमा गिरावट, ६ दिनमा प्रतिब्यारेल १० डलरले घट्यो

कच्चा तेलको मूल्यमा गिरावट, ६ दिनमा प्रतिब्यारेल १० डलरले घट्यो


पछिल्लो ६ दिनको अवधिमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । कच्चा तेलको मूल्यबारे जानकारी राख्ने ओयल प्राइसले सोमबार यता प्रतिब्यारेल १०.१८ डलरले ब्रेन्ट क्र्यूड आयलको मूल्य घटेको जनाएको छ । 

सोमबार (मार्च १३) मा ब्रेन्ट क्र्यूड आयलको मूल्य प्रतिब्यारेल ८३.१५ डलर थियो । जबकि, आज मार्च १८ मा आइपुग्दा १०.१८ डलरले घटेर प्रतिब्यारेल ७२.९७ डलरसम्म आइपुगेको छ । यसअघि, हिजो ब्रेन्ट आयलको मूल्य ७२.०९ डलरसम्म आइपुगेको थियो ।

यस्तै, मार्च ६ को तुलनामा कच्चा तेलको मूल्य झनै धेरैले घटेको छ । उक्त मितिमा ब्रेन्ट क्र्यूड आयलको मूल्य प्रतिब्यारेल ८६.१८ डलर थियो । विश्वमा ब्रेन्ट र डब्लूटीआई गरी दुईवटा बेञ्चमार्कमा कच्चा तेलको धेरैजसो खरिद बिक्री हुन्छ । 

यस्तै, हाल डब्लूटीआई बेञ्चमार्कको क्र्यूड आयालको मूल्य भने प्रतिब्यारेल ६६.७४ डलर छ । मार्च १३ मा यसको मूल्य प्रतिब्यारेल ७७.०७ डलर थियो ।

Logo