तरुलले भरिए कालीमाटीका तरकारी पसल [तस्विरमा]

तरुलले भरिए कालीमाटीका तरकारी पसल [तस्विरमा]


आज पुस मसान्त । प्रमुख बजारहरुमा माघे संक्रान्तिको रौनक छुट्टै छ। अघिपछि बजारमा फाटफुट मात्र देखिने तरुल लगायतका कन्दमुल किन्ने उपभोक्ता र बेच्ने व्यापारीको घुँइचो छ। नहुनु पनि कसरी माघे संक्रान्ति भन्ने बित्तिकै विशेषत कन्दमुल कै कुरा आउँछ।

ज्योतिष शास्त्र अनुसार माघ १ देखि तातो दिन सुरु हुन्छ। पुस मसान्तको दिन उसिनिएको परिकार संक्रान्तिको दिन खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी होइने मान्यता पनि रहि आएको छ। अत्याधिक चिसो भएको र कन्दमुलको पनि उत्पादन यसै समयमा धेरै हुने भएकोले पनि यही समयमा खाने चलन छ।

ठूला-ठूला पसल होस् वा फुटपाथका तरकारी पसल जताततै तरुल, पिँडालु, सखरखण्ड, घ्यू–चाकु, तिलका परिकारलगायत देख्न सक्छौं। कन्दमुल खाएर मनाइने माघे संक्रान्तिको पूर्वसन्ध्यामा यी खाद्यान्नको कारोबार बढेको छ। ‘पुसको पाक्य र माघको खाक्य’ भन्ने भनाइ नेपाली समाजमा निकै प्रचलित छ। काठमाडौं उपत्यकामा माघी पर्वका लागि लक्षित गरेर तरुल, पिँडालु, सखरखण्डलगायतका कन्दमुल बाहिरी जिल्लाबाट धमाधम उपत्यका भित्रिरहेको छ। 

तस्बिरमा तरूल-

 

Logo