काठमाडौं,२४,पुस
उच्च सरकारी अधिकारीको मिलेमतोमा मेलम्ची खानेपानी आयोजनाको टनेल (सुरुङ) निर्माण सम्पन्न नहुँदै ठेकेदार कम्पनीलाई २६ करोड रुपैयाँ अतिरिक्त भुक्तानी दिएको छ । "/>

मेलम्ची खानेपानीमा बेथिति, २६ करोड अतिरिक्त भुक्तानी

मेलम्ची खानेपानीमा बेथिति, २६ करोड अतिरिक्त भुक्तानी


काठमाडौं,२४,पुस
उच्च सरकारी अधिकारीको मिलेमतोमा मेलम्ची खानेपानी आयोजनाको टनेल (सुरुङ) निर्माण सम्पन्न नहुँदै ठेकेदार कम्पनीलाई २६ करोड रुपैयाँ अतिरिक्त भुक्तानी दिएको छ । सम्झौता अनुसारको काम सम्पन्न नहुँदै इटालियन कम्पनी कोअपेरटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सिएमसी) लाई आयोजनाले यो रकम भुक्तानी दिएको हो । यो आयोजनाको निर्माण ठेक्का सिएमसीले पाएको छ ।

कानुनी छिद्रको फाइदा उठाउँदै मेलम्ची खानेपानी विकास समिति, खानेपानी तथा सरसफाइ मन्त्रालयका उच्च अधिकारी समेतको चलखेलमा निर्माण कम्पनीलाई उपकरण लगायत सामान किन्न वित्तीय संकट भएको बहाना देखाएर भुक्तानी दिइएको हो । यसले राज्यलाई करोडौं रुपैयाँ व्यवभार थपिएको छ । सुरुङ खन्ने र हेडवक्र्समा ९० प्रतिशत भौतिक प्रगति भएको बताउँदै आएको मेलम्ची खानेपानी विकास समितिले ९३ प्रतिशत रकम भुक्तानी दिइसकेको छ । टनेल र हेडवक्र्स निर्माण सात अर्ब ७२ करोड रुपैयाँको परियोजना हो । कम्पनीले वित्तीय संकट भएको भन्दै उपकरण खरिद गर्दा सात अर्ब २१ करोड रुपैयाँ भुक्तानी लिइसकेको छ । ९० प्रतिशत काम सम्पन्न हुँदा कुल लागतको ९० प्रतिशत ६ अर्ब ९४ करोड ८० लाख रुपैयाँ मात्र भुक्तानी दिनु पर्ने हो ।

नागरिकबाट

Logo