पहिरोले महाकाली राजमार्ग अवरूद्ध

पहिरोले महाकाली राजमार्ग अवरूद्ध


अविरल वर्षाका कारण महाकाली राजमार्ग अवरूद्ध भएको छ ।

गएराति परेको अविरल वर्षाका कारण शैल्यशिखर नगरपालिका(६ ग्वानी र वडा नम्बर ९ नकतड क्षेत्रमा पहिरो खस्दा सडक अवरूद्ध भएको प्रहरीले जनाएको छ । शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरदेखि ग्वानी क्षेत्रमा पहिरोले अवरूद्ध सडक खुलाउन शंकरपुरबाट जेसीभी गएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

शैल्यशिखर नगरपालिका क्षेत्रमा अवरूद्ध सडक भने सञ्चालन नभएको स्थानीयले बताएका छन् । सडक अवरूद्धका कारण गोकुलेश्वरबाट सदरमुकाम जाने गाडीहरू गोकुलेमै रोकिएको प्रहरीले जनाएको छ ।

Logo