बलिङ नचल्दा नेपाल जिम्बावेसँग पराजित

बलिङ नचल्दा नेपाल जिम्बावेसँग पराजित


नेपाल आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग पराजित भएको छ । आइतबार भएको उद्घाटन खेलमा आयोजक जिम्बावेसँग नेपाल ८ विकेटले पराजित भएको हो ।  

जितको लागी २ सय ९१ रनको बलियो विजयी लक्ष्य पछ्याएको जिम्बावेले ४४.१ ओभरमा मात्रै २ विकेट गुमाउँदै पूरा गर्न सफल भयो । जिम्बावेको जितमा कप्तान क्रेग इर्विन र सेन विलियम्सले सानदार शतकीय इनिङ खेले ।  

कप्तान इर्विन १२८ बलमा १२१ रन बनाए भने विलियम्सले ७० बलमै १०२ रन जोडे । उनीहरु दुवै अविजित रहे । 

त्यसअघि नेपालका तीव्र गतिका बलर सोमपाल कामीले पहिलो सफलता दिलाएका थिए । उनले आठौं ओभरको अन्तिम बलमा जोयलोर्ड गुम्बीलाई २५ रनमा एलबीडब्लू आउट गरेका थिए । त्यस्तै, गुल्सान झाले २३।२ ओभरमा विस्ले मदभेरेलाई ३२ रनमा दीपेन्द्रसींह ऐरीमार्फत क्याच आउट गराए ।  

नेपालका अन्य बलरले विकेट लिन सकेका छैनन् । नेपालका प्रमुख हतियार मानिएका स्पिनर सन्दीप लामिछाने १० ओभरमा ७७ रन खर्चिएर विकेट विहीन रहे । 

त्यसअघि जिम्बावेको हरारे स्पोर्टस क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९० रनको योगफल बनाएको थियो । 

नेपालले खेलको सुरुआत राम्रो ग-यो । ओपनर ब्याटरद्वय कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकटका लागि ३१ दशमलव ५ ओभरमा १७१ रनको कीर्तिमानी साझेदारी गरे । यसअघि गत फेब्रुअरीमा नामिबियाविरुद्धको खेलमा ज्ञानेन्द्र मल्ल र आसिफ शेखले दोस्रो विकेटका लागि १३९ रनको साझेदारी गरेका थिए । 

कुशलले सर्वाधिक १३ चौका र २ छक्काको मद्दतमा ९९ रन बनाए भने आसिफले ६६ रन बनाए । यसैगरी कुशल मल्लले ४१ रन जोडे भने आरिफ शेखले १० रन र गुल्सन झाले १३ बनाए । दीपेन्द्र सिंह ऐरीले ६ रन र करण केसी २ रनमा अविजित रहे । 
    
बलिङतर्फ जिम्बावेका रिचार्ड नगर्भाले चार विकेट लिए भने विलिङ्टन मासाकाट्जाले दुई विकेट झारे । त्यस्तै ब्लेसिङ् मुजवानी र टेन्डाई चताराले समान एक/एक विकेट लिए । 

Logo