हिँडडुल गर्न थाले प्रधानमन्त्री ओली

हिँडडुल गर्न थाले प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि हिँडडुल गर्न थालेका छन् ।

मिर्गौला प्रत्यारोपणको तेस्रो दिन शुक्रवारको अस्पतालले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आइरहेको र आजदेखि हिँडडुल गराउन थालिएको उल्लेख  छ ।

‘मिर्गौला प्रत्यारोपण गरिएको आज तेस्रो दिन, उहाँको स्वास्थ्यमा अपेक्षाकृत क्रमिक सुधार भइरहेको छ । आजदेखि उहाँलाई हिँडडुल गराउन थालिएको छ । साथै ठोस आहार दिन थालिएको छ,’ अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री ओलीलाई आजदेखि ठोस आहार खुवाउन सुरू गरिएको जानकारी दिएका हुन्। ‘आजदेखि उहाँलाई हिँड्डुल गराउन थालिएको छ,’ खड्गाले भनेका छन्, ‘ठोस आहार पनि दिन थालिएको छ। उहाँको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार भइरहेको छ।’

साथै प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी समीक्षा संग्रौलालाई पनि ठोस आहार दिन थालिएको छ । संग्रौलाको स्वास्थ्यमा पनि सुधार भइरहेको जनाएको छ ।

बुधवार शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

Logo