व्यवस्था परिवर्तनमा माओवादीको मुख्य भूमिका भए पनि रजाइँ अरुले नै गरे -मन्त्री पौडेल

व्यवस्था परिवर्तनमा माओवादीको मुख्य भूमिका भए पनि रजाइँ अरुले नै गरे -मन्त्री पौडेल


शिक्षा तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेलले माओवादी केन्द्रले ल्याएको प्रणालीमा अरूले रजाइँ गरेकाले समस्या भएको बताएका छन् ।

माओवादी केन्द्रका सचिवसमेत रहेका उनले माओवादी कमजोर बन्दा परिवर्तनका एजेन्डाहरू उल्टिन सक्ने खतरा रहेको बताए । यसकारण पनि आगामी निर्वाचनमा माओवादी उमेदवारले जित्नु पर्ने उनले बताए ।

गण्डकी प्रदेशको पोखरामा आयोजित कार्यक्रममा मन्त्री पौडेलले प्रेस सेन्टरमा आवद्ध पत्रकारहरूलाई व्यवसायीक दक्षता बढाउन र हस्तक्षेपकारी प्रचार र सोसल मिडियाको प्रभावकारी उपयोग गरेर अगाडि बढ्न आग्रह गरे । 

Logo