कास्की–३ मा नेकपा एमालेको अग्रता कायमै

कास्की–३ मा नेकपा एमालेको अग्रता कायमै


कास्की क्षेत्र नम्बर ३ मा नेकपा एमालेले अग्रता कायम राखेको छ । 

१९ हजार ९३४ मत गणना हुँदा एमालेका दामोदर पौडेल बैरागीले ६ हजार ४८७ मत पाएका छन् । दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले ५ हजार ४६१ मत पाएका छन् । एमाले उम्मेदवार बैरागीले रास्वपाका पौडेलले भन्दा १ हजार २६ मत बढी पाएका हुन् ।

तेस्रो स्थानमा रहेका सत्ता गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका रामजीप्रसाद बरालले ४ हजार ४८४ मत पाएका छन् ।
 

Logo