प्रमुख प्रतिपक्षी दलमा नेमकिपाकाे दाबी सुविधाको लागि होइन -अध्यक्ष विजुक्छें

प्रमुख प्रतिपक्षी दलमा नेमकिपाकाे दाबी सुविधाको लागि होइन -अध्यक्ष विजुक्छें


नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले संघीय संसदमा प्रमुख प्रतिपक्ष दलमाथि आफूहरुको दावी कुनै सुविधा पाउने नियतले नभएको बताएका छन् । 

प्रमुख प्रतिपक्षी दलकाे दाबी सरकारी सुविधा पाउनको लागि नभएको उनको भनाइ छ । ४९औं पार्टी स्थापना दिवसको अवसरमा आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रममा अध्यक्ष विजुक्छेंले पार्टीले लेनदेनको नभई सिद्धान्तको आधारमा चल्ने बताए । 

त्यस्तै, पार्टी सचिव एवं संघीय सांसद प्रेम सुवालले नेपालमा विद्यमान संविधान र ऐन कानुन अनुसार नेमकिपालाई नै प्रमुख प्रतिपक्षी दल घोषणा गर्नुपर्ने जिकिर गरे । 

कार्यक्रममा ७० वर्ष उमेर नाघिसकेका ११ जना कार्यकर्ताहरुलाई सम्मान गरिएको थियो ।

Skip This
Logo