दाङको गोरखनाथ वैदिक गुरुकुलमा आगलागी

दाङको गोरखनाथ वैदिक गुरुकुलमा आगलागी


दाङको घोराही उपमहानगरपालिका–१७ स्थित चौघेरा गोरक्ष रत्ननाथ मठमा रहेको गोरखनाथ वैदिक गुरुकुलमा आगलागी भएको छ ।

शुक्रबार बिहान करिब ४ बजे तिर गुरुकुलमा अध्यन गर्ने बटुकको आवासमा आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति भने भएको छैन । गुरुकुलको बटुक बस्ने आवासको कोठामा विद्युत सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिए । प्रहरी, सशस्त्र प्रहरी, दमकल तथा स्थानीयको सहयोगमा बिहान करिब ५ बजे आगो नियन्त्रण लिएको गौतमले बताए । आगलागीबाट बटुकको पुस्तक, खाद्यान्न, लत्ता कपडा जलेर नष्ट भएका छन् । गुरुकुलमा २५ जना बटुक आवासीय अध्ययन गर्दै आइरहेका छन् ।

Logo