सांस्कृतिक विविधताकै कारण नेपालीहरू विश्वसामु फरक पहिचानका साथ प्रस्तुत भइरहेका छन्ः सभामुख घिमिरे

सांस्कृतिक विविधताकै कारण नेपालीहरू विश्वसामु फरक पहिचानका साथ प्रस्तुत भइरहेका छन्ः सभामुख घिमिरे


सभामुख देवराज घिमिरेले, संस्कार र संस्कृतिमा फरक भएकैले नेपालीहरू आज विश्वसामु फरक रूपमा प्रस्तुत भइरहेको बताएका छन्।

गौरा पर्वको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले संस्कार र संस्कृतिमा फरक भएकैले नेपालीहरू आज विश्वसामु फरक रूपमा प्रस्तुत भइरहेको बताएका हुन्।

‘नेपालको सुदूरपश्चिम प्रदेशमा विशेषरुपमा मनाइने धार्मिक सांस्कृतिक महत्वको गौरा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं आरोग्य ताको शुभकामना व्यक्त गर्दछु। संस्कार र संस्कृतिमा फरक भएकैले नेपालीहरू आज विश्वसामु फरक रूपमा प्रस्तुत भइरहेका छौँ।’ उनले भनेका छन्।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विविधताबीच सुदृढ एकताको विशेषतायुक्त देश भएको उनको भनाई छ। उनले गौरा सुदूरपश्चिमको महत्त्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व भएकाले यो पर्वले मानिसमा धार्मिक आस्था र आपसी सद्भाव बढाउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

Logo