नेपालगन्जमा नेपाल एयरलाइन्सको विमान दुर्घटना

नेपालगन्जमा नेपाल एयरलाइन्सको विमान दुर्घटना


नेपालगन्ज,
नेपालगन्ज विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । वाई १२ जहाज रन वे बाहिर ल्यान्ड भएपछि विमानमा सामान्य क्षति पुगेको छ भने मानवीय क्षती भएको छैन।

विमान कोरोना भाइरस परिक्षणका लागि संकलित नमुना लिन नेपालगंज पुगेको थियो । दुर्घटना भएको विमानका चालक दलमा क्याप्टेन केबी लिम्बु र को पाइलटमा महेशराज पाण्डे रहेका थिए।

सो विमान दुर्घटनामा परेपछि अब केही बेरमा अर्को विमान पठाएर संकलित नमुनाहरु ल्याउने तयारी भइरहेको छ ।

Logo