नाडा प्रतिनिधी मण्डल र अर्थ सचिववीच छलफल

नाडा प्रतिनिधी मण्डल र अर्थ सचिववीच छलफल


काठमाडौं ।

नाडा अटोमोबाइल्स एशोसिएन नेपालका प्रतिनीधि र अर्थ मन्त्रालयका सचिव शिशिर ढुंगानावीच छलफल भएको छ । छलफल सवारी साधनका स्पेयर पार्ट आयातमा देखिएका समस्या समाधानमा केन्द्रीत रहेको नाडाले जनाएको छ ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको १० सदस्यीय टोलीले अर्थसचिव ढुंगानासँग छलफल गरेको थियो । भेटघाटमा हालै मात्र राजस्व सचिवबाट अर्थसचिवमा पदोन्नती भएका ढुंगानालाई बधाई तथा शुभकामना समेत दिइएको थियो ।

छलफलमा नाडाका उपाध्यक्ष करण चौधरी र आकाश गोल्छाले सवारी साधन व्यवसायमा देखा परेका समस्याहरु राखेका थिए । जवाफमा सचिव ढुंगानाले यस्ता समस्याहरुको समाधानका लागि आवश्यक पर्ने विज्ञ मन्त्रालयबाटै पठाउने आश्वासन दिएका थिए ।

भेटघाट कार्यक्रममा नाडाका अध्यक्ष दुलाल लगायत उपाध्यक्षहरु करण चौधरी र आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल लगायतको उपस्थिती रहेको थियो ।

Logo