प्रधानमन्त्री ओलीको ट्विटर एकाउन्ट ह्याक

प्रधानमन्त्री ओलीको ट्विटर एकाउन्ट ह्याक


नेपालका प्रधानमन्त्री केपी ओलीकाे ट्विटर प्रधामन्त्रीकाे नियन्त्रण बाहिर गएकाे पाइएकाे छ । प्रधानमत्नीले चलाउने गरेकाे आधिकारीक ट्विटरबाट भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीकाे ट्विटरकाे भिडियाे एकाएक रि-ट्विट भएपछि प्रधानमन्त्रीको  टाउको दुखाई बनेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको ट्विटर अरुले खोलेर रि-ट्विट गरेकाे हाे । प्रधामन्त्रीले रि-ट्विट नगरेको तथा अरुले प्रधानमन्त्रीको ट्विटरको पासवर्डको दुरुपयोग गरेको हो । उनले भने–“प्रधानमन्त्री ज्यूको ट्विटर अरु कसैले चलाइरहेको पाइएकोले अनुसन्धान भइरहेको छ ।”

प्रधानमन्त्री आफूले अन्तिम पटक दुई नेपाली कलाकारहरूका देहावसानपछि दिएकाे श्रृद्धाञ्जली मात्र ट्विट गरेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले बताए ।  प्रधानमन्त्री ओलीको ट्विटरमा हाल ५ लाख ११ हजार फलोअर छन्।

प्रधानमन्त्री ओलीको आधिकारीक आइडीबाट भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले नागरिकता विधेयकका सम्बन्धमा सार्वजनिक गरेको एक भिडियो सन्देश रि–ट्वीट भएपछि अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यममा चर्चा पाएको हो । प्रधानमन्त्री ओलीले गरेको यो ट्विटलाई भारतीय सञ्चारकर्मीले रि–ट्वीटका आधारमा समाचार बनाएका छन् ।

सोनिया गान्धीले आफ्नो ट्विटमा भाजपा सरकारले जनताको आवाज सुन्नुपर्ने र आफ्नो अधिकारका लागि गरेको संघर्षमा उत्रिएका जनतालाई कांग्रेस पार्टीको साथ रहेको उल्लेख गरेकी थिइन् । यतिबेला नागरिकता ऐन संशोधनले भारत आन्दोलित छ । आन्दोलनकै कारण भारतमा १४ जना नागरिकको ज्यान गइसकेको छ भने आन्दोलन अझै रोकिएको छैन । नागरिक गिरफ्तारीको क्रम जारी छ । तोडफोड र हिंसात्मक घटना पनि उत्तिकै वढेका छन् । यो भारतको आन्तरिक विषय हो तर यसले अन्तर्रा्ष्टिर्य समुदायको समेत ध्यान खिचिरहेको छ । त्यही विषयलाई लिएर भारतीय कांग्रेसका नेतृ सोनिया गान्धीले भिडियो अपलोड गरेकी थिइन् ।

Logo