नयाँ दिल्ली, २०७६ मंसिर २२ । भारतको दिल्लीको एक खाद्य भण्डारमा भएको आगलागीमा परी ४३ जनाको मृत्यु भएको छ ।
आइतबार बिहान नयाँ दिल्लीको एक साँघुरो गल्लीमा रहेको ६ तले भवनमा आगलागी भएको थियो । झोला उत्पादन गर्ने कारखानाभित्र मजदुरहरु सुतिरहेको समयमा आगलागी भएको उद्धारकर्ताहरूले जनाएका छन् । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने उनीहरूले बताएका छन् । ५० जना घाइतेलाईअस्पताल भर्ना गरिएकाे छ ।
दिल्लीका दमकल विभागका प्रमुख अतुल गर्गका अनुसार साँघुराे गल्ली र घना बस्तीका कारण मृत्यु हुनेकाे सँख्या धेरै भएकाे हाे । आगलागी भएकाे स्थानमा पानीकाे पाइप नपुग्ने समस्या भएपछि ओसारेर आगाे निभाइएकाे थियाे ।
दिल्ली फायर सर्भिसका उपप्रमुख सुनील चौधरीले भने,‘आगो नियन्त्रणमा लिइएको छ, ३० भन्दा धेरै दमकल अन्य गाडी राहत र बचाउ कार्यमा खटिएका थिए ।’ -एजेन्सी
प्रतिक्रिया