‘ब्रा नलगाउने अभियान’ चलाउने महिला मृत फेला

‘ब्रा नलगाउने अभियान’ चलाउने महिला मृत फेला


एजेन्सी । दक्षिण कोरियाकी प्रसिद्ध के-पप गायिका  चोप जिन-रि अर्थात सुली मृत फेला परेकी छन् । ‘नो ब्रा मुभमेन्ट’ अर्थात् ब्रा नलगाउने अभियान चलाएकी २५ वर्षीया गायिका सुली राजधानी सोलनजिकै रहेको आफ्नै घरको दोस्रो तलामा मृत फेला परेकी हुन् ।

उनले आत्महत्या गरेको आशंका गरिएको छ । प्रहरीले पनि आफ्नो अनुसन्धानलाई आत्महत्या केन्द्रीत गरेको छ । उनले ब्रा लगाउने नलगाउने कुरा महिलाको निजी मामिला भएको सन्देश प्रवाह गर्दै आएकी थिइन् । उनकै सन्देशको प्रवाहले विश्वभर अभियान चलेको थियो ।

उनले इन्स्टाग्राममा ब्रा नलगाइकन खिचेको फोटो पोष्ट गरेपछि प्रशंसा र आलोचना दुवै भएको थियो । इन्स्टाग्राममा रहेका उनका लाखौं फलोअर्सले पनि उनलाई साथ दिएपछि ‘नो ब्रा’ ह्यासट्याग ट्रेन्डिङमा आएको थियो ।

सन् २०१५ सम्म इन्स्टाग्राममा ५० लाखभन्दा बढी फलोअर थिए। तर पछि व्यावसायिक रूपमा अभिनय गर्न भन्दै उनले इन्स्टाग्राम चलाउन छोडिन्।

आफ्नो शरीर कसरी देखाउने भन्ने कुरा आफ्नो स्वतन्त्रताको कुरा भएको बताउँदै उनले मे २०१६ मा पहिलोपटक ब्रा नलगाएको फोटो इन्स्टाग्राममा सार्वजनिक गरेकी थिइन् ।

ब्रा नलगाइ खिचिएका तस्वीर र भिडियोहरुमा निप्पल देखिएपछि उनको आलोचना समेत भएको थियो । तर धेरै जसो अधिकारकर्मी महिलाहरूले भने उनको प्रशंसा गर्दै समर्थन समेत गरेका थिए ।

धेरैले उनलाई साथ दिँदै ब्रा नलगाएका आफ्ना तस्वीरहरु सामाजिक सञ्जालमा सेयर गरेका थिए । जुन अभियानको नेपालमा पनि निकै चर्चा चलेको थियो । कतिपय भारतीय महिलाहरूले त अभियानलाई साथ दिँदै ब्रा नलगाएका तस्बिरहरू सोसल मिडियामा सेयर गरेका थिए ।

Logo