काठमाडौंका मेयरलाई डेंगुको आशंका, अस्पताल भर्ना

काठमाडौंका मेयरलाई डेंगुको आशंका, अस्पताल भर्ना


काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य अस्पताल भर्ना भएका छन् । उनी आज बिहानदेखि त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा  भर्ना भएका हुन् ।

मेयर शाक्यलाई डेंगु भएको आशंका गरिएको छ । उनको उपचारमा डा. खगेन्द्र बहादुर श्रेष्ठ र डा.त्रिलोकिनाथ गुप्ता लगायत संलग्न छन् ।

यसअघि कृषिमन्त्री चक्रपाणी खनाल, वरिष्ठ चिकित्सक डा. सन्दुक रुइत लगायतलाई पनि डेंगु संक्रमण भएको थियो ।

 

Skip This
Logo