आज पनि घट्यो सुनचाँदीको भाउ

आज पनि घट्यो सुनचाँदीको भाउ


सुनको मूल्य आइतबार पनि घटेको छ । आइतबार सुनको मुल्य रु ६०० ले घटेर ७० हजार २०० मा कारोबार भइरहेको नेपाल सुन चाँदी ब्यबसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुन तोलामा ७० हजार ८०० का दरले कारोबार भएको थियो । यस्तै तेजावी सुन आज तोलामा ६९ हजार ९०० मा कारोबार भइरहेको छ ।

चाँदी भने आइतबार घटेर ८४५ मा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य तोलामा ८६० रुपैयाँ थियो ।

Logo