सुनको मूल्यले फेरि राख्यो नयाँ रेकर्ड

सुनको मूल्यले फेरि राख्यो नयाँ रेकर्ड


सुनको मूल्य बढ्ने क्रम जारी छ।  शुक्रबार तोलाको ६५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ६६ हजार ३ सय रुपैयाँ पुगेको छ।

साताको पहिलो दिन आइतबार ५ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो मूल्य कायम भएको हो । गएको शुक्रबार एकैदिन तोलामा ८ सय रुपैयाँ बढेर नयाँ कीर्तिमान बनाएको थियो ।  सुनको मूल्य २०७० भदौ १२ गते एक तोला सुनको ६३ हजार ३ सय रुपैयाँ तिर्नु परेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ताको आकर्षण बढेपछि भाउ महँगो भएको महासंघले जनाएको छ । पछिल्लो समय सुन महँगो भएपछि घट्दै गएको सुन बजार अझ तल ओर्लिएको छ ।

Skip This
Logo