भारतीय लोकसभा चुनावः सुरुवाती चरणमा सत्तारुढ भाजपा गठबन्धन अगाडि

भारतीय लोकसभा चुनावः सुरुवाती चरणमा सत्तारुढ भाजपा गठबन्धन अगाडि


एजेन्सी । भारतमा लोकसभा चुनावको मतगणना सुरु भएको छ । ५४२ लोकसभा सिटका लागि ३९ दिन लगाएर सात चरणमा चुनाव भएको थियो । गएको अप्रिल ११ बाट सुरु भएको मतदान मे १९ सातौं चरणमा सम्पन्न भएपछि बिहीबारदेखि मतगणना सुरु भएको हो ।

बिहान ८ बजेपछि सुरु भएको मतगणनामा सुरुवाति रुझान सत्ताधारी भाजपा तर्फ बढि देखिएको छ । यो समाचार तयार पार्दासम्म २०६ सिटमा भाजना अगाडि देखिएको छ । त्यस्तै कांग्रेससहितको विपक्षी गठबन्धन ५५ सिटमा अगाडि देखिएको छ भने ११० सिटमा अन्य दलहरु अगाडि देखिएका छन् ।

यसपटकको चुनावमा ९० करोड भन्दा बढि मतदाता योग्य थिए । भारतको चुनावमा मतदान योग्य व्यक्तिको संख्या विश्वको कुल जनसंख्याको १० प्रतिशत भन्दा बढि हो ।

अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीका मुख्य प्रतिद्वन्द्वीका रुपमा कांग्रेसका राहुल गान्धी रहेका छन् । भारतको संसदमा लोकसभा र राज्यसभा गरि दुई सदन छ । लोकसभा सबैभन्दा शक्तिशाली छ । लोकसभामा रहेका ५४३ सिट मध्य बहुमतका लागि २७२ सिट चाहिन्छ ।

पछिल्लो चुनाव अर्थात सन् २०१४ को चुनावमा नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (बिजेपी) ले २८२ सिट जितेको थियो । यस्तै राहुल गान्धीको पार्टी कांग्रेसले ४४ सिट मात्रै जितेको थियो । कांग्रेसले सन् २००९ को चुनावमा २०६ सिट जितेको थियो ।

Logo