मोटाउने कारण तपाईको प्रेम त होइन ?

मोटाउने कारण तपाईको प्रेम त होइन ?


प्राय महिलाहरु विवाह भन्दा अघि दुब्लो पातलो हुन्छन् र विवाहपछि मोटाउछन् । धेरैजसो महिलाहरु विवाहपछि धेरै मोटाउँछन् । यतिमात्र होइन्, कसैसँग आँखा जुँध्यो र प्रेमको रोग लाग्यो भने पनि तौल बढ्छ । हुन पनि कसैसँगको प्रेममा डुब्नु भनेको एक सुन्दर अनुभव हो । तर प्रेमको कारण नै आफ्नो तौल बढ्छ भने केटीहरुको लागि चिन्ताको विषय बन्न सक्छ, खासगरी तिनै केटीहरुलाई जो आफ्नो फिगरको बारेमा धैरे सचेत छन् ।

अस्ट्रेलियाको ‘सेन्ट्रल क्वीलेन्ड युनिर्भसिटी’ को एक अध्ययन अनुसार जब मानिस कसैसँग रिलेसनसिपमा हुन्छन् वा कसैसँग प्रेममा पर्छन्, उनीहरुको तौल बढ्न थाल्छ । सोधकर्ताले अनुसन्धानको लागि १५ हजार भन्दा बढी मानिसलाई सहभागि थिए । जसमा अलग अलग जीवनशैलीको सिंगल र कपल्स दुवैलाई सामिल गरेको थियो ।

सोधको क्रममा जब मानिसहरु सम्बन्धमा रहन्छन्, उनीहरुको तौल यसकारण बढ्छ, उनीहरुभित्र एकअर्कालाई इम्प्रेस गर्ने भावना सकिन्छ । उनीहरु आफ्नो बडी सेपलाई त्यति ध्यान दिदैनन् । विवाहपछि कसरत, जगिङ र अन्य शारीरिक क्रियाकलापमा ध्यान कम दिने भएकोले विवाहपछि तौल बढ्छ ।

विवाहपछि दुवै घुम्ने, मोज मस्ति गर्ने र विभिन्न प्रकारको पकवानको आनन्द उठाउने भएकोले पनि तौल बढ्न थाल्छ । जुन जोडी विवाहबाट खुशी, सन्तुष्ट र सुरक्षित महसुस गर्छन्, उनीहरुमा तौल बढ्ने सम्भावना धेरै हुन्छ । किनभने उनीहरुको दिमागमा कुनै प्रकारको अन्य आकर्षित गर्ने दबाब हुँदैन् ।

तौल बढ्ने अर्को मुख्य कारण जब मानिस प्रेम सम्बन्धमा हुन्छन् उनीहरु जिम गएर आफ्नो समय बिताउनु भन्दा आफ्नो पार्टनरसँग समय बिताउन चाहन्छन् । जीवनशैली बदलिएपछि तौल बढ्ने अहम कारण हो । यसको साथै जब मानिस प्रेममा पर्छन उनीहरु धेरै खुशी हुन्छन् । झन सम्बन्ध नयाँ होस खुशी दोब्बर बढ्छ । अन्य कारणः

१. निन्द्राको कमी: 
विवाहपछि केटीहरुको स्लिपिङ प्यार्टन बददिन्छ । उनीहरुले पर्याप्त निन्द्रा लिन पाउँदैनन्, जुन तौल बढ्ने एक कारण पनि हो । आफ्नो घर छोडेर अर्कै नयाँ घरमा घुलमिल हुनु धेरै गाह्रो काम हो । नयाँ घरमा घुलमिल हुँदा तनाव हुन्छ जसले गर्दा अप्रत्यक्ष रुपमा तौलमा प्रभाव पार्छ ।

२. पकवानको कमाल:
हाम्रो संस्कृती अनुसार नारीहरुमा पाक कलाको ज्ञान हुनु जरुरी ठानिन्छ । विवाहपछि आफ्नो श्रीमान र परिवारलाई खुशी बनाउनको लागि पाक कला देखाउनु पर्ने हुन्छ । घरमा विभिन्न किसिमको पकवान दैनिक बन्न थालेपछि तौल बढ्ने सम्भावना अधिक हुन्छ । जरुरी छैन ‘ह्याप्पी म्यारिज’ बाट मात्र तौल बढ्छ भन्ने कहिलेकाही श्रीमान–श्रीमतीबीच राम्रो सम्बन्ध नभएतापनि तौल बढ्छ ।

३. हर्मोन्समा उतार चढाबः
जब महिला बैबाहिक सम्बन्धमा प्रवेश गर्छन । उसको शरिरमा हर्मोन्सको बदलाब हुन्छ । सेक्सुअल लाइफमा सक्रिय हुनु तौल बढ्ने मुख्य कारण हो । खुशी हुँदा अक्सिटोसिन र डोपामाइन हर्मोन्सको स्राब बढ्छ, जसको कारण शारीरिक संरचनामा थोरै बदलाव आउन थाल्छ । अर्को कारण शारीरिक सम्बन्ध पश्चात भोक धेरै लाग्ने भएकोले तौल बढ्न थाल्छ । यसको साथै गर्भनिरोधक औषधी पन मोटोपनको कारण बन्न सक्छ ।

विवाहपछि महिलाहरुमा हिप्स र कम्मरको भाग बढ्छ । प्राकृतिक रुपमा पनि तौल बढ्नुु जरुरी हुन्छ किनभने विवाहपछि गर्भधारणको प्रक्रिया हुन्छ । डेलिभरीको दौरान हिप्स ठूलो हुने महिला भन्दा दुब्लो पातलो महिलाहरुमा दुखाई बढी हुने हुन्छ । मोटो महिलाले सजिलसँगै बच्चा जन्माउन सक्छिन् । शारीरिक सम्बन्धपछि महिलाहरुमा हिप्स बढ्नु प्रकृतिको नियम नै हो ।

४. कम खानुहोस्, गम खानुहोस्ः
‘कम खानुहोस्, गम खानुहोस् ’ यो एक भनाई हो । शरिरलाई फिट राख्नको लागि भोक भन्दा कम खाने सल्लाह दिइन्छ र चिन्ता चिता समान हुन्छ भनिन्छ । किनभने यसको सिधा प्रभाव हाम्रो स्वास्थ्यमा पर्न जान्छ । चिन्ताग्रस्त व्यक्तिलाई भोक कम लाग्छ । जसको कारण तौल बढ्दैन् । जब हामी एक्लै हुन्छौ । अविवाहित हुन्छौ । दुखी रहन्छौ । हाम्रो कोही प्रेमी वा पार्टनर हुँदैनन् । हामी एक्लोपनको महसुस गर्छौ । एक्लोपनसँग जुँध्छौ । र सोच्छौ कोही होस जसलाई आफ्नो भन्न सकियोस् ।

गमको सिधा असर हाम्रो स्वास्थ्यमा पर्न जान्छ । यसकारण एक्लो व्यक्ति प्राय दुब्लो पातलो हुने गर्छन् । जबकी हामी कसैको प्रेममा पर्छौ हामी सिर्फ खुशी मात्र रहदैनौ, घुम्छौ, डुल्छौ र आफ्नो प्रेमीसँग पिज्जा, बर्गर जस्ता खानेकुरामा पनि रमाउँछौ । जसकारण तौल बढ्छ ।

आफ्नो प्रेमी वा प्रेमीकालाई खुशी पार्न हामी सरप्राइज प्लान पनि रेष्टुरेन्टमा नै गर्छौ । हनिमुन होस वा बर्थ डे पार्टी । हामी रेष्टुरेन्ट नै जान्छौ । बाहिरको नै खान रुचाउँछौ । बाहिरको खानामा धेरै क्यालोरी हुन्छ र मोटोपनको शिकार भइन्छ । यो सब प्रेमको साइड इफेक्ट हो, जसले हाम्रो फिगरको सत्यनाश गरिदिन्छ । यसकारण प्रेम गर्नुहोस, जमेर गर्नुहोस तर आपप्नो खानपिनमा पनि ध्यान दिन नबिर्सनुहोस र व्यायाम पनि नियमित गर्नुहोस् ।

Logo