निर्मला प्रकरणमा मुछिएका पत्रकार खेम भण्डारीको प्रष्टिकरण

निर्मला प्रकरणमा मुछिएका पत्रकार खेम भण्डारीको प्रष्टिकरण


काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा नयाँ नयाँ ट्वीस्ट आउने क्रम जारी छ । उनका हत्यारा खोजेर कारवाही गर्नु एउटा महत्वपूर्ण पाटो हो । त्यसको अनुसन्धान प्रहरीले गरिरहेको छ ।

अर्को कुरा यस विषयलाई लिएर विभिन्न टिकाटिप्पणीहरु भईरहेका छन् । यो प्रकरणमा कञ्चनपुरबाट प्रकाशित हुने स्थानीय पत्रिका मानसखण्ड दैनिकका सम्पादक खेम भण्डारी पनि मुछिएका छन् ।

निर्मलाको हत्या गरेको आरोपमा प्रहरीले दिलिपसिंह विष्टलाई नियन्त्रणमा लिएको थियो । घटना भएको २५ औं दिनमा प्रहरीले दिलिपलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रण लिएर भदौ ४ गते सार्वजनिक गरेको थियो । सार्वजनिक भएकै दिन साँझ पत्रकार भण्डारीले तत्कालिन जिल्ला प्रहरी कार्यालय प्रमुखलाई पत्रकार भण्डारीले म्यासेज पठाएका थिए ।

उनले ‘तपाईको जानकारीका लागि दिलिप मेरो सालो हो’ भन्दै म्यासेज गरेका थिए । उक्त म्यासेजपछि प्रहरीले अनुसन्धानमा आफुहरुलाई दबाब आएको प्रतिक्रिया दिएको थियो । तर पत्रकार भण्डारीले उक्त समय प्रहरी

अधिकारीलाई अनुसन्धानमा सहजताको लागि मात्रै म्यासेज गरेको प्रतिक्रिया दिएका छन् । उनले एक व्यक्ति विशेषलाई नभई कार्यालय प्रमुखको नाताले प्रहरी प्रमुखलाई म्यासेज गरेको बताए ।

निर्मला प्रकरणमा उनले प्रहरी प्रमुखलाई पठाएका म्यासेजहरु सार्वजनिक गर्दै लेखेका छन्, ‘बलियो नैतिक धरातल बिनाका एजेण्डामा हात हाल्ने बानी छैन आफ्नो । एउटा अनलाइन प्रयोग गरि ममाथी आक्रमण गर्ने प्रयास भएपछि तत्कालिन एसपी डिल्ली बिष्टसँग भएको यो टेक्स्ट सम्बाद जस्ताको तस्तै यहाँ प्रस्तुत गर्दैछु । यो सम्वाद निर्मला प्रकरणको हो । मैले टेक्स्ट गरेको कसैको निजि मोबाइलमा होइन, कन्चनपुरका एसपीको सरकारी मोबाइल हो । कृपया मिति र समयमा ध्यान दिनु होला । बिस्टपछिका एसपीसँगको सम्बाद पनि छ है ।’

निर्मला प्रकरणः प्रहरीमाथि यस्तो दबाब, ‘दिलिप मेरो सालो हो कारवाही नगर्नु’

Skip This
Logo