बनमन्त्री बस्नेतकी भतिजीले गरिन आत्महत्या, कोठाभित्र मृत फेला

बनमन्त्री बस्नेतकी भतिजीले गरिन आत्महत्या, कोठाभित्र मृत फेला


ललितपुर । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतकी भतिजी मृत अवस्थामा फेला परेकी छन् । ललितपुरको बालकुमारी स्थित वेस्टार अपार्टमेन्टमा बस्दै आएकी भतिजी बबिता बस्नेत मृत अवस्थामा फेला परेकी हुन् । बस्नेतले आत्महत्या गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

वेस्टार अपार्टमेन्टको उनको फ्ल्याटमा बबिताले सलको पासो लगाएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको एसएसपी रवीन्द्र धानुकले जानकारी दिए ।

आइतबार बिहान १० बजेसम्म नउठेपछि बबिताकी नन्दले ढोका ढकढक्याउँदा नखुलेपछि प्रहरीलाई खबर गरेकी थिइन् । त्यसपछि पुगेको ललितपुर प्रहरीको टोलीले ढोका फोरेर हेर्दा पासो लगाएको अवस्थामा मृत शरीर फेला परेको थियो ।

प्रहरीले घटना संकास्पद रहेको भन्दै अनुसन्धान थालेको छ । मृतक बबिता ऊर्जामन्त्री वर्षमान पुनका प्रेस सहयोगी रोशन खड्काकी श्रीमती हुन् भने बनमन्त्री बस्नेतकी दाइको छोरी हुन् ।

Logo