नाइजेरियाबिरुद्ध २–० को जित हात पार्ने क्रममा सब्चिच्यूट खेलाडीको रुपमा मैदानमा जान अस्विकार गरेपछि निकोला कालिनिकलाई प्रशिक्षकले टिमवाट निष्काशन गरेका छन् । "/>

क्रोएसियन खेलाडीलाई घर फर्काइयो

क्रोएसियन खेलाडीलाई घर फर्काइयो


नाइजेरियाबिरुद्ध २–० को जित हात पार्ने क्रममा सब्चिच्यूट खेलाडीको रुपमा मैदानमा जान अस्विकार गरेपछि निकोला कालिनिकलाई प्रशिक्षकले टिमवाट निष्काशन गरेका छन् ।

खेलको शुरुमा बेच्नमा रहेका निकोला कालिनिकलाई प्रशिक्षक ज्लाट्को डालिकले अन्तिम समयमा मैदानमा पठाउने रणनीति बनाएका थिए । समूह डिको पहिलो खेलमा निकोलाले मैदानमा जान अस्विकार गर्ने क्रममा आफुलाई ढाड दुखेको बताएका थिए ।

त्यसपछि प्रशिक्षक डालिकले फरवार्ड निकोलाको स्थानमा मिडफिल्डवाट खेल्ने मार्को पिजाकालाई मैदानमा पठाएका थिए । खेल समाप्त पछिको पत्रकार सम्मेलनमा डालिकले आफ्नो टिमका कुनै पनि खेलाडीहरु घाईते नभएको तर टिममा केही समस्या रहेको जनाएका थिए ।

डालिकको रणनीति अनुसार ३० बर्षिय निकोलालाई टिमवाट हटाईएको छ । उनी आईतवार अर्जेन्टिना बिरुद्ध हुने खेलको लागि भैरहेको अभ्यासमा पनि देखा परेका छैनन् । एसि मिलानका फरवार्ड निकोला सम्भवत आईतवार अगाडीनै घर फर्किने छन् ।

निकोलालाई टिमवाट निष्काशन गरेपछि क्रोएसियन टिमको फरवार्डमा मारियो माण्डजुकिक मात्र रहेका छन् । निकोलाको निष्काशन प्रति क्रोएसियन फुटबल एसोसिएसनले कुनै पनि किसिमको प्रतिक्रिया दिएको छैन ।

Logo