काठमाडौँ
आर्थिक वर्ष ०७४,७५ को प्रथम ६ महिनामा ५६ अर्ब ५४ करोड २२ लाख रुपैयाँ बराबरको वस्तु आयातमा भन्सार छुट सुविधा प्रयोग भएको छ । "/>

भन्सार छुटमा ५६ अर्बको सामान आयात

भन्सार छुटमा ५६ अर्बको सामान आयात


काठमाडौँ
आर्थिक वर्ष ०७४,७५ को प्रथम ६ महिनामा ५६ अर्ब ५४ करोड २२ लाख रुपैयाँ बराबरको वस्तु आयातमा भन्सार छुट सुविधा प्रयोग भएको छ । यो कुल आयातको १० दशमलव ५७ प्रतिशत हो । सो अवधिमा ५ खर्ब ३५ अर्ब ५ करोड रुपैयाँका वस्तु विभिन्न देशबाट नेपालमा आयात भएको भन्सार विभागको तथ्यांक छ ।

सो वस्तुहरू आयात गर्दा नेपाल सरकारले कुल ५१ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ भन्सार महसुल बापत प्राप्त गरेको छ । विभागका सूचना अधिकृत शिव भण्डारीका अनुसार सरकारको निर्णय अनुसार नै आयात गरिएका कतिपय वस्तु तथा सामानमा भन्सार छुट सुविधा उपलब्ध गराइन्छ ।

सरकारले अत्यावश्यक सेवामा प्रयोग हुने वस्तुको आयातमा भन्सार छुट सुविधा दिने गर्छ । साथै स्वदेशी उत्पादनलाई प्रवद्र्धन हुने खालका कच्चा पदार्थको आयातमा पनि भन्सार छुट सुविधा दिइएको हुन्छ । मानव रोगको उपचारमा प्रयोग हुने केही उत्पादन, कृषि उत्पादनमा प्रयोग हुने विभिन्न प्रकारका रासायनिक मल, पुस्तक, परम्परागत पात्रो, कपास, दृष्टिविहीनले प्रयोग गर्ने सेतो छडी लगायत वस्तु आयातमा भन्सार छुटको व्यवस्था छ ।
नयाँपत्रिकाबाट

Logo