क्यान इन्फोटेकका ५ अचम्म (भिडियो रिपोर्ट)

क्यान इन्फोटेकका ५ अचम्म (भिडियो रिपोर्ट)


नेपालमा विगत २४ वर्षदेखि चल्दै आएको क्यान इन्फोटेक मेला यस वर्ष पनि बिहिबारबाट सुरु भएको छ । काठमाडाँैको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा भएको मेलामा नेपाल प्रहरीको ट्राफिक सुचनादेखि नेपाली विद्यार्थीले बनाएको विभिन्न प्रविधि पनि प्रदर्शनमा राखिएको छ । नेपाली पहिचान झल्कने यी प्रविधिका बारेमा हामी तपाईलाई जानकारी गराउँछौं ।

१. नेपाल ट्राफिकको आकर्षण
विदेशी ब्राण्डका विभिन्न कम्पनीको प्रविधिको सामाग्री प्रदर्शनसँगै नेपाल प्रहरीले पनि प्रविधिसँग जोडिएको जानकारी दिन तथा ट्राफिकलाई प्रभावकारी बनाउन मेलामा सहभागी जनाएको छ ।

प्रविधिसँग नेपाल प्रहरी जोडिएको हुनाले क्यान इन्फोटेक मेलामा सहभागी भएको इन्स्पेक्टर रामबाबु रानाले बताए । इन्स्पेक्टर रानाले भने, ‘अघिल्लो वर्षमा पनि नेपाल प्रहरी मेलामा सहभागी हुँदै आएको थियो, तर यो वर्ष हामी थप नयाँ प्रविधिसँग जोडिएको जानकारी दिनका लागि सहभागी भएका हौँ ।’ नेपालमा हुने मेलााहरुमध्ये ठुलो मेला क्यान इन्फोटेकबाट धेरै जनतालाई ट्राफिक नियमको बारेमा बुझाउन पाउने हुनाले पनि मेलामा सहभागी भएको उनले बताए ।

मेलामा ट्राफिक प्रहरीले ‘ट्राफिक पुलिस सर्भिलेन्स सवारी’ प्रदर्शनमा राखेको छ । यस सवारीको माथि चार वटा सिसी क्यामेरा रहेको छ । यस क्यामेराले ट्राफिक नियम उल्लङ्घन गरेको बारेमा रेकर्ड राख्ने इन्स्पेक्टर रानाले बताए । उनले भने, ‘यो गाडीमा भएको सिसी क्यामेरा ३ सय ६० डिग्रीसम्म घुम्छ । यस गाडीवाट ट्राफिकले सवारी साधन नियम उल्लङ्घनको बारेमा थप जानकारी लिन सक्छ । ट्राफिक प्रहरीले मेलामा मादक पदार्थ खाएको वा नखाएको जानकारी लिनका लागि प्रयोग हुने बे्रथ एनालाइजर, रडार गन, गोप्रो क्यामेरा तथा म्याजिक लाइटका बारेमा सर्वसाधरणलाई जानकारी गराएको छ ।

२. बुद्धको संदेश
नेपालमा प्रयोग हुँदै आएका तथा विश्वमा आएको प्रविधिका बारेमा जानकारी गराउने उद्देश्यले लाग्ने क्यानको मेलामा प्रविधिभन्दा फरक जानकारी दिनका लागि विश्व कीर्तिमानी नेपाल संस्था पनि मेलामा सहभागी भएको छ । संस्थाले नेपालको नाम र गौतम बुद्धको सन्देशलाई विश्वसामू पुर्याउनका लागि सबै नेपालीलाई जनाकारी गराउने उद्देश्यले स्टल राखेको बताइयो । यस संस्थाले भारतको नाममा रहदै आएको सबैभन्दा धेरै मानिसको सहभागीमा भएको आवाजलाई नेपालको नाममा ल्याउने उद्देश्य राखेको छ । प्रविधिको बारेमा जानकारी गराउने भन्दा फरक विधामा रहेको यस संस्थाको परिचय बुझ्न समेत अवलोकनकर्ता आकर्षित भएका छन् ।

३. थ्रि डी प्रिटिङ
प्रविधिको बारेमा जानकारी गराउने उद्देश्य रहेको क्यान इन्फोटेक मेलाको आकर्षक केन्द्रको रुपमा थ्रि डी प्रिटिङ पनि रहेको छ । क्यानको मेलामा सर्वप्रथम सहभागी जनाएको यस प्रविधिले विकासका काममा सहयोग पुर्याउने थ्रि डी प्रिटिङको निर्माता रामचन्द्र थापाले बताए ।
सामान्यतय कापीमा प्रिन्ट हुँदै आएको सामाग्रीलाई थ्रि डी प्रिन्टमार्फत मूर्तिको आकारमा हेर्न सकिन्छ । यस प्रविधिबाट मानिसको मस्तिष्कमा उत्पन्न भएको आकारलाई कम्युटर सफ्टवारबाट डिजाइन गरी रियाल सामाग्री उत्पादन गर्न सकिने थापाले बताए । उनले भने, ‘रियाल सामाग्री उत्पादन गरी त्यसलाई विकासका काममा प्रयोग गर्न सके राम्रो हुन्छ ।’

४. नेपाली रोबर्ट
मेलामा विदेशमा निर्माण भएका प्रविधि तथा सामाग्रीबाहेक नेपालमा बनेको विविध प्रविधिले दर्शकको ध्यान तानेको छ । यस अन्तर्गत मेलामा नेपाली विद्यार्थीले बनाएको रोबोर्ट आकर्षणको केन्द्र बनेको छ ।

मेलामा नेपाली विद्यार्थीले बनाएका विभिन्न रोबोर्ट रहेका छन् । यसमा उनीहरुले बनाएको ढल सफा गर्ने, सामान उठाउने, मानिस जान नसकेको ठाउँमा गएर सुचना दिने जस्ता रोर्बोट बनाएका छन् । यी रोर्बोटलाई नेपाल सरकारको साथ सहयोग दिए नेपालको विकासमा टेवा पुग्ने उनीहरु बताउछन् ।

उनीहरु भन्छन, ‘व्यापारिक क्षेत्रमा सामान ढुवानी गर्ने रोबोर्टदेनि ढल सफा गर्ने सक्नेसम्मको रोबोर्ट बनाएका छौँ । तर, हामी यसलाई विकास गर्न चाहन्छौँ ।’ उनीहरुले बनाएको रोबोटलाई मोबाइलबाट नै चलाउन सकिन्छ ।

उनीहरुले बनाएको रोबोर्टलाई विकास गरे ह्वाइचियर प्रयोग गर्ने अपाङ्गलाई भर्याङ चढ्न सहयोग पुर्याउनेसम्मका रहेको छ । यसका साथै सिढीहरुबाट सामान तलमाथि लैजान पनि सहयोग पुग्ने विद्यार्थीहरु बताउछन । यसबाहेक उनीहरुले विभिन्न प्रकारका रोबोर्ट बनाएका छन् ।

५. तीन पांङरग्रे गाडी
विश्वमा चालकविहिन गाडी निर्माणको सफल परिक्षणको बारेमा हामीले समाचारहरु सुन्दै आएका छौँ । उड्ने गुड्ने गाडीको परिक्षण भइरहेको छ तर, नेपाली विद्यार्थीहरु तीन पाङ्ग्रे गाडी बनाएका छन् । गाडीलाई विद्यार्थीले क्यान मेलामा प्रदर्शन गरेका छन् । नेपाली विद्यार्थीले बनाएको यस गाडीलाई उनीहरुले मोतिका नाम दिएका छन् । मोटरसाइकललाई कारको रुप दिएको हुनाले मोतिका नाम दिएको उनीहरु बताउछन् ।

चार जना विद्यार्थीले छ महिना समय लगाएर निर्माण गरेको यस गाडीमा मोटरसाइकलको इञ्जिनको प्रयोग गरिएको छ । दुई जना चढ्न मिल्ने यस गाडीको अगाडि भागमा दुई पाङ्गा र पछाडिको भागमा एक पाङ्ग्रा रहेको छ ।

उनीहरु भन्छन्, ‘विदेशमा निर्माण भएको कार नेपाली सर्वसाधरणले चढ्न सक्दैन । त्यसैले हामी सबैसामू आफ्नै गाडी बनाओस् भन्ने चाहन्छौँ । त्यसैले नेपाली जनताले यस गाडीलाई साथ दिने उनीहरु बताउछन् ।’

क्यानको मेलामा राखिएको यस गाडीलाई हेर्न दर्शकहरुको ओइरो लाग्ने गरेको छ ।

 

Logo