श्रीमती र छोरी छोडेर रोड्रिग्वेज प्रेमिकाको अँगालोमा

श्रीमती र छोरी छोडेर रोड्रिग्वेज प्रेमिकाको अँगालोमा


काठमाडौं, २० साउन । जर्मन फुटबल क्लब बायर्न म्युनिखका कोलम्बियन मिडफिल्डर जेम्स रोड्रिग्वेजले श्रीमती र छोरीलाई परित्याग गरेर अर्की प्रेमिकासँग नयाँ जीवन बिताउने निधो गरेका छन् ।

आजभन्दा साढे ६ वर्ष पहिले भलिबल खेलाडी तथा आर्सनलका गोलकिपर डेभिड ओस्पिनाकी बहिनी डानिएला ओस्पिनासँग जेम्सको विवाह भएको थियो । विवाह गर्दा जेम्स १९ वर्षका थिए र डानिएला १८ वर्षकी । उनीहरूबाट एक छोरी सालोमी रोड्रिग्वेज ओस्पिनाको जन्म भएको थियो ।

पछिल्लो पटक स्पेनिस क्लब रियल म्याड्रिडबाट २ वर्षका लागि लोनमा बायर्न म्युनिख क्लबको तर्फबाट खेल्न गएपछि जेम्सको प्रेम मोडल होल्गा लोभेकाटेसँग भएको थियो ।

त्रिकोणात्मक प्रेमको चक्करमा परेका जेम्स र डानिएलाले सहमतिमै अलग हुने निर्णय गरेका छन्, जसमा उनीहरूले छोरीको लालनपालन र आर्थिक सहयोग गर्ने जनाएका छन् । जेम्स र डानिएलाले भविष्यमा असल मित्रको रूपमा रहने सम्झौता समेत गरेका छन् । (एजेन्सीको सहयोगमा)

Logo