चिठ्टा परेकाे भन्दै लाखौं ठगी गर्ने ६ जना पक्राउ

चिठ्टा परेकाे भन्दै लाखौं ठगी गर्ने ६ जना पक्राउ


गत असोज ६ गते मध्याह्नपख ढोरपाटन नगरपालिका–६ की मीना बुढामगर र ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्ताबीच म्यासेन्जरमा कुराकानी हुन्छ । ती व्यक्तिले बुढामगरलाई केही सामान पठाएको बताउँछन् । लगत्तै उनले अपरिचित नम्बरबाट फोन गर्छन् र बुढामगरलाई भन्छन्, “मैले जेजे भन्छु, त्यही ‘रिप्लाई’ दिनु ।”

त्यसपछि अर्को ह्वाट्सएप नम्बरमार्फत उनीहरुबीच कुराकानी हुन्छ । सो क्रममा ती व्यक्तिले बुढामगरलाई ल्यापटपको प्याकेज र रु ६० हजार डलरको चिठ्ठा परेको सुनाउँछन् । उक्त सामान र नगद पाउन करबापत अग्रिम रकम बुझाउनुपर्ने शर्त राख्छन् ।

अब भने चिठ्ठा र मूल्यवान सामानको प्रलोभनमा पारिनुभएकी २० वर्षीया बुढामगरको ठगिने शृङ्खला ;’रु हुन्छ । आइएमई र आइपिएस कनेक्टमार्फत उनले रकम पठाउन थाल्छिन् । पहिलोपटक असोज १४ गते सन्तोष श्रेष्ठका नाममा बुढामगरले ५६ हजार पठाउछिन् ।

असोज १६ गते पुरुषोत्तम वाग्लेका नाममा एक लाख ५० हजार, १९ गते वाग्लेकै नाममा दुई लाख र २२ गते प्रदीप सिटौलाको एनआइसी एसिया बैङ्कको खातामा तीन लाख ५५ हजार जम्मा गर्छन् । 

पटकपटक गरी बुढामगरले सात लाख ६१ हजार बुझाउछिन् तर चिठ्ठाको रकम र ल्यापटप भने हात पर्दैन । प्रलोभन देखाएर ठग्नेहरू भने अझै रकम बुझाउन बुढामगरलाई अनुरोध गरिरहन्छन् । भनेजति पैसा पठाउँदा र लामो समय बित्दासमेत चिठ्ठा र सामान नपाएपछि आफू ठगिएको महशुस बुढामगरलाई हुन्छ ।

उनले कात्तिक ३ गते प्रहरीमा जाहेरी दिन्छिन् । प्रहरीले अनुसन्धान थाल्छ । उक्त ठगी धन्दामा संलग्न रहेको आरोपमा छ जना प्रतिवादीलाई विभिन्न मितिमा प्रहरीले पक्राउ गर्छ । यसरी फेसबुक र ह्वाट्सएपमार्फत अनेक प्रलोभन देखाएर रकम ठगी गर्ने व्यक्तिहरु प्रहरीको फन्दामा पर्छन् । पीडित बुढामगरमा न्यायको आश जाग्छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार उक्त सङ्गठित ठगीको घटनाका आरोपितलाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा तनहुँको देवघाट नगरपालिका–५ का ३७ वर्षीय पुरुषोत्तम वाग्ले, नवलपरासीको गैँडाकोट नगरपालिका–१६ बस्ने वर्ष ४२ को दिनेश पोखरेल, झापाको मेचीनगरका २४ वर्षीय प्रदीप सिटौला र रुकुमपूर्वको भूमे गाउँपालिका–३ का २२ वर्षीय सन्तोष श्रेष्ठ छन् ।

यस्तै झापाको गौरदह नगरपालिका–५ का २९ वर्षीया मिलन क्षत्री र वाग्लेसँगको बयानका क्रममा पाकिस्तानी नागरिकले प्रयोग गर्ने सम्पर्क नम्बर खुलेपछि अनुसन्धानका क्रममा हाल काठमाडौं महानगरपालिका–१६ वसन्तुपर गुम्बामा बस्ने पाकिस्तानी नागरिक फक्राउ परेका छन् ।

Skip This
Logo