प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक


प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। 

बालुवाटारमा शनिबार बिहान ११ बजे प्रधानमन्त्री ओलीले बैठक बोलाएको प्रेस सल्लाहकार सूर्य थापाले बताए।

“प्रधानमन्त्रीज्यूले भोलि बिहान ११ बजे सर्वदलीय बैठक बोलाउनु भएको छ, राजनीतिक विषयमै छलफल होला”, थापाले बताए।

प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग टेलिफोनमा कुराकानी गरेपछि बैठक आह्वान गरेका हुन्।

राजनीतिक संकट गहिरिँदै जाँदा बोलाइएको बैठकलाई अर्थपूर्ण रूपमा लिएको छ।

Skip This
Logo