विराटनगरमाथि पोखराको जित

विराटनगरमाथि पोखराको जित


पोखरा थन्डर्सले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा विराटनगर एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै पोखराले पहिलो जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पोखरालाई जित दिलाउन नवयुग श्रेष्ठले निर्णायक गोल गरे । खेल सकिन ७ मिनेट बाँकी रहँदा गरेको गोल नै पोखराको जितमा निर्णायक बन्यो । नवयुगले ८३औं मिनेटमा मौसा अब्बाको फ्रिकिकमा हेडमार्फत गोल गरेका हुन् ।

खेलमा नवयुग प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे । प्रोमोसिङ प्लेयर अफ दि म्याच पोखराका नितिन थापा चुनिए । उनले १० हजार हजार प्राप्त गरे । जितसँगै पोखराले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा पोखरा बुटवल लुम्बिनीसँग २-० ले पराजित भएको थियो । विराटनगरको यो पहिलो हार हो । विराटनगरले २ खेलमा ३ अंक जोडेको छ ।

Logo