राजदूत सिफारिस विरुद्ध परेको रिटको सुनुवाई वैसाख १२ मा

राजदूत सिफारिस विरुद्ध परेको रिटको सुनुवाई वैसाख १२ मा


सरकारले सिफारिस गरेको राजदूत समावेशी नभएको भन्दै सर्वोच्च सार्वेच्च अदालतमा परेको रिट आज हेर्न नभ्याइनेमा परेको छ ।

आज हेर्न नभ्याइनेमा परेको रिटमा अर्को सुनुवाइ वैशाख १२ गतेका लागि तोकिएको छ । सिफारिस राजदूतहरूको संसदीय सुनुवाई प्रक्रियामा प्रवेश गरिसकेको अवस्थामा सर्वोच्चमा अधिवक्ताहरू मोहना अन्सारी शैलेन्द्र प्रसाद अम्बेडकर, रक्षाराम हरिजन, यमकुमारी दलेल र रौतहटका राहुल कुमार रजकले रिट दिएका हुन् । 

सो रिट निवेदन आज न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासमा परेको थियो । सरकारले केही दिनअघि पछिल्लो समय २० जना राजदूतहरू सिफारिस गरेको थियो । संसदीय समितिले राजदूतमा सिफारिस भएकाहरु विरुद्ध सार्वजनिक उजुरी आह्वान गरिसकेको छ ।

Skip This
Logo