औषधीय गुण बोकेको सजिवनका फाइदै फाइदा

औषधीय गुण बोकेको सजिवनका फाइदै फाइदा


सैजन, सहिजन अथवा सजिवन मधेश प्रदेशमा अग्ला रूखमा लामा लामा बोडी आकारको तरकारी खान मिल्ने एक प्रकारको रूख हो । 

नेपाली भाषामा कतै कतै शीतल चिनी भनेर चिनिने यो वनस्पतिलाई संस्कृतमा सोभञ्जन, शिग्रु र तीक्ष्णगन्धा आदि नामले पनि बोलाउने गरिन्छ ।

 सजिवनले मान्छेको शिरदेखि पाउसम्म उपचार गर्न सक्ने औषधीय गुण बोकेको हुन्छ । नेपालमा सहजै पाइने भए पनि सजिवनको औषधीय गुणका बारेमा भने कमैलाई मात्र थाहा छ । 

सजिवन एक बहुपयोगी वृक्ष हो । सजिवनको बोटको सबै भागलाई हामी खानाका रुपमा, औषधी बनाउन र ओद्योगिक काममा प्रयोग गर्न सक्छौं । सजिवनमा प्रचुर मात्रामा पोषक तत्व र भिटामिन हुन्छ । एक अध्ययनका अनुसार सजिवनमा दुधको तुलनामा चार गुणा पोटासियम तथा सुन्तलाको तुलनामा सात गुणा भिटामिन ‘सी’ पाईन्छ । 

सजिवनको बोक्रा, पात, बिउ, गुदी, जरा इत्यादी बाट आयुर्वेदिक औषधी तयार गरिन्छ । जुन लगभग ३०० प्रकारको बिमारीलाई निको पार्ने काम गर्छ । यसै सिलसिलामा आज हामी सजिवनको पातले मानव शरिरमा पुर्याउने सात फाइदाका बारेमा जान्नेछौं ।

१. शक्ति बढाउछ : सजिवन पातको सेवनले शरीरको थकान र कमजोरीलाई हटाउने गर्दछ । यसको पातमा आइरन धेरै मात्रामा भएकाले कमजोरी र बेहोशीलाई हताउछ । सजिवनको पातमा भिटामिन ए हुने भएकाले यसले आइरनलाई अवशोषित गर्न मद्दत गर्दछ । 

२. डाइविटिजको लागि मद्दतगार : सजिवनको पातमा फाइटोकेमिकल्स पाइन्छ । कोलेस्टेरोल लेबललाई नियन्त्रणमा राख्न मद्दत गर्छ । उच्च रक्तचाप नियन्त्रण गर्न विशेष भूमिका हुन्छ । डाइविटीजका कारण उत्पन्न कोल्स्ट्रोल, लिपिड र स्ट्रेसको मात्रालाई सजिवनको पातले कम गर्छ । 

३. दिमागलाई स्वस्थ्य बनाउछ : सजिवनको पातमा एन्टिअक्सिडेन्ट हुने भएकाले दिमागलाई रचनात्मक कार्य गर्नका लागि सघाउँछ । यसको पातले अल्जाइमर,डिमेंशिया र अन्य मानसिक रोग लाग्नबाट बचाउछ । 

४. मुटुको सुरक्षा गर्छ : सजिवनको पात मानव मुटुका लागि निकै फाइदाजनक हुन्छ । सजिवनको पातले कोल्स्ट्रोलको खराव पक्षलाई कम गर्दछ । कोल्स्ट्रोल सिधै मुटुसँग सम्बन्धित भएकाले हटअत्याक आउने सम्भावनालाई न्युन गर्दछ ।  
५.इन्फेक्सन लाग्न दिदैन : सजिवनको पातमा एन्टिमाइक्रोबियल र एन्टिबैक्टिरियल आदिको गुण हुने भएकाले छालाको इन्फेक्सन र युरिनको इन्फेक्सनलाई हुन दिदैन । 

६. रोग प्रतिरोधात्मक क्षमता बढाउँछ : फाइटोन्युट्रिएटसको मात्रा सजिवनको पातमा प्रचुर मात्रामा हुने भएकाले रोगसँग लड्न सक्ने क्षमतामा बृद्धि गर्दछ । यसैका कारण बिभिन्न प्रकारका संक्रमण र परजिविबाट पनि बचाउछ । 

७. आखाँलाई स्वस्थ बनाउछ : सजिवनको पातमा प्रचुर मात्रामा भिटामिन ए हुने भएकाले आखाँका लागि यसको पातको सेवन निकै फाइदा जनक हुन्छ । पातको सेवनले आखाँमा लाग्न सक्ने बिभिन्न रोगहरुबाट बचाउछ 

Logo