मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु


पर्साको ठोरी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका – ९ का सहायक सचिव जगतदीप बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय ठोरीका अनुसार ठोरी-३ सिकारीबासमा आफन्तलाई भेटेर फर्कदै गर्दा बिष्टको मृत्यु गएको हो ।  हुलाकी सडकबाट २ सय मिटर उत्तर कच्ची सडकमै बुधबार अपरान्ह ४ बजे मोटरसाइकल दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।

Logo