१२ वर्ष मुनिका र ६० वर्ष माथिका नागरिकलाई घर बाहिर ननिस्कन सरकारको आग्रह

१२ वर्ष मुनिका र ६० वर्ष माथिका नागरिकलाई घर बाहिर ननिस्कन सरकारको आग्रह


काठमाडौं ।

स्वास्थ्य मन्त्रालयले १२ वर्षमुनिका बालबालिका र ६० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ।

पछिल्लो समय कोरोना संक्रमण दर बढ्दै गएको भन्दै सरकारले त्यसबाट बच्न बालबालिका र जेष्ठ नागरिकलाई घर बाहिर ननिस्कन आग्रह गरेको हो। उक्त समूहका नागरिकलाई कोरोना जोखिम बढी हुने भन्दै काठमाडौं र काठमाडौं जस्तै घनाबस्ती भएका ठाउँमा घरबाट बाहिर ननिस्कन अनुरोध गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए।

यस्तै सरकारले कोरोना संक्रमण निदानका लागि प्रयोग गर्दै आएको र्‍यापिड डाइग्नस्टिक टेस्ट (आरडीटी) परीक्षण विधि देशभर बन्द गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. गौतमले आरडीटी परीक्षण नगर्न प्रदेश सरकार, स्थानीय सरकार र देशभरका अस्पताललाई सूचना जारी गरिसकेको जानकारी दिएका छन् ।

आरडीटी विधिबाट गरिएको कोरोना परीक्षण रिपोर्ट सही नहुने भन्दै चर्को विरोध हुँदै आएको थियो ।

Logo