मदन-आश्रित स्मृतिले बाम एकतामा प्रेरणा दिने छः प्रधानमन्त्री प्रचण्ड

मदन-आश्रित स्मृतिले बाम एकतामा प्रेरणा दिने छः प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मदन–आश्रित स्मृति दिवसले बामपन्थी एकतामा प्रेरणा दिने विश्वास ब्यक्त गरेका छन्।

३० औँ मदन आश्रित स्मृति दिवसलाई स्मरण गर्दै प्रधानमन्त्री दाहालले सहकार्य र एकताका लागि आजको दिन विशेष रहेको पनि उनले जनाएका छन्। 

‘आज ३० औँ मदन-आश्रित स्मृति दिवस, रहस्यमय दासढुंगा दुर्घटनामा परी दिवंगत वामपन्थी आन्दोलनका मूर्धन्य व्यक्तित्व मदन भण्डारी र जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु,’ प्रधानमन्त्री दाहालले स्मरण गर्दै भनेका छन्, ‘यस दिनले कम्युनिस्ट एवं वामपन्थीहरूबीच सहकार्य र एकताका निम्ति प्रेरणा दिने विश्वास व्यक्त गर्दछु।’

Logo