संगीतसँग जोडिँदै रुस्लानद्वारा ‘रुस्लान स्टुडियो’को शुरुवात [भिडियाे]

संगीतसँग जोडिँदै रुस्लानद्वारा ‘रुस्लान स्टुडियो’को शुरुवात [भिडियाे]


नेपालको प्रख्यात ब्रान्ड रुस्लानले ‘रुस्लान स्टुडियो’को शुरुवात गरेको छ । रुस्लानले बुधबार एक कार्यक्रमको आयोजना गर्दै स्टुडियोको शुरुवात गरेको हो ।

रुस्लान स्टुडियो एउटा यस्तो मञ्च हो जसले लाईभ स्टुडियो रेकर्ड सेटिङ संगीतका विभिन्न विधाहरु प्रस्तुत गर्नेछ । सो संगीतहरुको प्रसारण रुस्लान स्टुडियोको युटुब पेजबाट हुनेछ ।   

कार्यक्रमा नेपालभरका ५० भन्दा बढी लोकप्रिय कलाकार र संगीतकारहरूको प्रस्तुति हुनेछ । रुस्लान स्टुडियोको मुख्य उद्देश्य यस अघि नसुनेका धुनका केही लोकप्रिय ट्रयाकहरुमा परिक्षण गरी कलाकार र संगीतकारहरूलाई आफ्नो सांगीतिक फ्युजन र गतिशिलता प्रस्तुत गर्नु हो, जसबाट २५ भन्दा बढी ट्रयाकहरु नयाँ शैलिमा रमाउन सकिने छ । 

रुस्लान स्टुडियोमा शुशान्त केसी, द एक्स ब्यान्ड, स्वप्न सुमन, मिस्टर डी, त्रिशला गुरुङ, सुनिल पण्डित, कुटुम्ब, एकदेव लिम्बु, समिर श्रेष्ठ, झुमा लिम्बु, द एलिमेंट्स, महेश काफ्ले, अनिल सिंह, इमर्ज ब्यान्ड, व्योमा, फोसील, मनिष गन्धर्ब, दिवस गुरूंग, आकाश खड्का, कमल खत्री, आनन्द कार्की, राजा राजेन्द, केंजल मेहर श्रेष्ठ, ए एस एम हरुको प्रस्तुति हुनेछ ।  

“रुस्लान र संगीतको सम्बन्ध धेरै अघि देखि परिचित रहँदै आएको छ र यसै मार्फत हामीले रुस्लान एफएममा समय परिषद् नयाँ धुनहरु पेश गर्दै आएका पनि छौ । आगामी दिनमा रुस्लान र संगीतको सम्बन्धलाई अझ दरिलो बनाउने उदेस्यका साथ नै हामीले रुस्लान स्टुडयोको शुरुवात गरेको हो । हालको यो परियोजनामा हामीले नेपाली कलाकारहरुको बहुमुखी प्रतिभा संगीतको मार्फत पेस गर्दै छौ र सो कलालाई डिजिटल प्लेटफर्म मार्फत एकीकृत गर्ने लक्ष्य राखेका छौँ ।” जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ब्रान्ड म्यानेजर श्रय कृष्ण श्रेष्ठले भने । 

रुस्लानले आफ्नो ग्राहकवर्गको खुशीयाली, उत्सव, जमघट तथा रमझमको क्षणलाई उत्सवमय बनाउन साथ दिँदै आएको छ र रुस्लान स्टुडियोले ब्रान्ड र ग्राहकको सम्बन्ध अझ अटुट बनाउने पनि श्रेष्ठले ब्यक्त गरे । रुस्लान स्टुडियोको पहिलो एपिसोडमा शुशान्त केसीको प्रस्तुति रहेको छ ।

 

Logo