‘पार्टी फुट्छ भन्नु निराधार’ : भीम रावल

‘पार्टी फुट्छ भन्नु निराधार’ : भीम रावल


धनगढी ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज भीम रावलले अहिलेको विषयले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको बताएका छन् ।

धनगढीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीभित्रको बहसमा फरक विचार आउनु स्वभाविक भएकाले त्यसले पार्टी फुट्छ भन्नु निराधार भएको बताएका हुन् । उनले कार्यकर्ताले निराश हुनुभन्दा ठिक बेठिक छुट्याएर अघि बढ्नुपर्ने उल्लेख गर्दैै विधान र पद्धती अनुसार चल्नुपर्नेमा जोड दिए ।

एक अर्को प्रशङ्गमा नेता रावलले एमसिसीमा जनताको चासो बढेकामा खुशी व्यक्त गरे । उनले एमसिसीबारे तयार पारिएको प्रतिवेदनलाई अन्तिम रुप दिन पार्टीले कार्यदल गठन गरेको र आधिकारीक धारणा केही दिनभित्रै आउने बताए । उनले राष्ट्रियसभा सदस्यबारे पार्टीको बैठकले गरेको निर्णय सबैले मान्नुपर्ने बताए । केन्द्रीय कमिटिको बैठकले गरेका निर्णय सबैले मान्नुपर्ने पार्टीको विधानमा रहेको उनको भनाइ छ ।
रासस

Logo