शहीद स्मारक लिग : ब्रिगेड ब्वाइजसित च्यासल विजयी

शहीद स्मारक लिग : ब्रिगेड ब्वाइजसित च्यासल विजयी


काठमाडौं ।

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबारको दोस्रो खेलमा च्यासल युथ क्लब विजयी भएको छ । दशरथ रङ्गशालामा भएको खेलमा च्यासलले ब्रिगेड ब्वाइजलाई १–० गोलले पराजित गरेको हो ।

च्यासलका लागि कप्तान सन्तोष साहुखलले निर्णायक गोल गरे । सन्तोषले खेलको इन्जुरी समयमा गोल गरेका हुन् । डिबक्सभित्र ब्रिगेडका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई उनले गोलमा परिणत गरेका हुन् । यसअघि पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेका थिएनन् । दोस्रो हाफमा च्यासलले आक्रामक खेल खेले पनि गोल गर्न भने सकेन । सो खेलमा च्यासलका नाकामुरा म्यान अफ दि म्याच घोषित भए । जीतसँगै च्यासल आठ खेलमा नौ अङ्कका साथ लिगको आठौँ स्थानमा उक्लिएको छ । ब्रिगेड आठ खेलमा आठ अङ्कसहित १० औँ स्थानमा छ ।
रासस

Logo